रुखले च्यापिएर ७० वर्षिया एक वृद्धाको मृत्यु

७ साउन- कैलाली, रुखले च्यापिएर एक वृद्धाको मृत्यु भएको छ।

गौरीगंगा नगरपालिका– १० उदासीपुर वेताल टोलकी अनारकली चौधरीको रुखले च्यापिएर मृत्यु भएको हो। उनी ७० वर्षकी थिइन ।


बुधवार चौधरी घरबाट करिब एक सय मिटर टाढा रहेको शौचालयमा शौच गर्न भनी गईरहेकी थिईन। शौच गर्न जाने क्रममा घरनजिकै रहेको अस्नाको रुख ढलेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्