७ साउन- काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच जना नेताहरूमाथि गरिएको कारबाहीको विषयलाई लिएर निर्वाचन आयोगले राप्रपासँग जवाफ मागेको छ ।
राप्रपाले हालै पार्टीको अनुशासन समिति अध्यक्षबाट नवराज सुवेदीलाई हटाएको थियो भने सगुनसुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेको छ । यस्तै उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई पनि पदमुक्त गरीएको छ ।
त्यसअघि महामन्त्री डा. धवलशम्शेर राणालाई संगठन विभाग प्रमुख पद मुक्त गरिएको थिए भने संयोजित संगठन विभागका सदस्य सचिव धनशुर शाहीलाई पनि पदमुक्त गरेएको थिए ।
ती पाँच नेताहरूले आफूहरूलाई अवैधानिक तरिकाले कारबाही गरिएको भन्दै निवेदन दिएका दिएपछि आयोगले छानबिन थालेको हो ।
आफूहरूमाथि विधान विपरीत कारबाही गरेको भन्दै पाँचै जना नेताहरूले निर्वाचन आयोग गुहारेका छन् । उनीहरूले लिखित निवेदन दिएपछि आयोगले राप्रपामा पत्राचार गरेको छ ।
प्रतिक्रिया दिनुहोस्