६ साउन – सुर्खेत, हनी ट्रयापमा पारेको आरोपमा एक युवती पक्राउ परेकी छन ।
उनलाई एक्सटर्सन ९जबरजस्ती रकम असुली० गरेको अभियोगमा पक्राउ गरीको हो ।
दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भई हाल वीरेन्द्रनगर–९ मा बस्दै आएकी २१ वर्षीया शिन्दु चन्दले २०८१ साल भदौ महिनामा मनोज कोइरालालाई वीरेन्द्रनगर–६ बुलबुले भ्यु होटलमा बोलाई चिनजानका आधारमा सम्बन्ध बनाइ चन्दले हनी ट्रयापको जालमा पारेर ‘जबरजस्ती करणीको मुद्दा हालिदिन्छु’ भन्दै सामाजिक सञ्जाल तथा मिडियामा नग्न तस्बिर सार्वजनिक गरिदिने धम्की दिँदै पीडितबाट पटक–पटक गरी कुल १४ लाख २५ हजार रुपैयाँ असुली गरेको प्रहरीले दाबी गरेको छ ।
घटनाबारे जाहेरी प्राप्त भएलगत्तै अनुसन्धानमा खटिएको टोलीले चन्दलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको छ ।
चन्दमाथि जबर्जस्ती आर्थिक लाभ लिएको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्