६ साउन- झापा, एक घरमा आज आगलागी भएको बेला आगो नियन्त्रण गर्ने क्रममा चार जना घाइते भएका छन् ।
हल्दिबारी गाउँपालिका–४ का स्थानीय पुण्यप्रसाद ओलीको दुई तले घरको माथिल्लो तलामा रहेको भान्सा कोठामा रोटी पकाउने क्रममा एलपी ग्यास चुहावट भएर आगलागी भएको थियो।
भान्सामा सल्किएको आगो निभाउने क्रममा सोही घरका ६० वर्षीय पुण्यप्रसाद ओली, ३३ वर्षीय जेठो छोरा सन्तोष ओली, ३२ वर्षीया बुहारी अनिता ओली र २० वर्षीय कान्छो छोरा आर्यन ओली घाइते भएका छन।
घाइते चारै जनाको शरीरको विभिन्न भागमा आगोले पोलेको छ । उनिलाई स्थानीय भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचारका लागि लगिएको थियो । घाइतेको अवस्था गम्भीर रहेको कारण भद्रपुरबाट घाइतेलाई विराटनगर रेफर गरिएको छ ।
बिहान ८ः४५ बजेतिर भान्सा कोठामा ग्यास चुहावट भएर आगलागी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्