एक जनाको करेन्ट लागेर मृत्यु

६ साउन- रौतहट, रौतहटमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

 

कटहरिया नगरपालिका-२ जमुनिया बस्ने ५२ वर्षीय मोक्तार देवानको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो ।


आफ्नै खेतमा सिँचाइ गर्नका लागि जडान गरेको विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको गरूडास्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्