नेवि संघ र अनेरास्ववियु विद्यार्थीबीच झडप, विश्वविद्यालयमा तनाव

६ साउन काठमाडौं, नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीबीच झडप भएको छ। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनका विषयमा विवाद भएको हो ।

 

स्ववियू निर्वाचनसम्बन्धी संशोधित नियमावली खारेज हुनुपर्ने भन्दै स्वतन्त्र विद्यार्थीहरुले लगाएको ताला तोडिएपछि नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी झडपको भएको थियो।

 

मंगलबार तोकिएको मनोनयन दर्ता झडपपछि स्थगित भएको छ। अर्को सूचना जारी नहुञ्जेलसम्म मनोनयन दर्ता प्रक्रिया स्थगित भएको निर्वाचन अधिकृतले जानकारी दिए।

 

संशोधित नियमावली खारेज, निर्वाचन प्रक्रिया समावेशी र निष्पक्ष हुनुपर्ने र निर्वाचन अधिकृत परिवर्तन गर्नुपर्ने भन्दै स्वतन्त्र विद्यार्थीहरुले सोमबार निर्वाचन कार्यालयमा ताला लगाएका थिए। मंगलबार उक्त ताला तोडिएपछि विवाद भयो र झडपको स्थिति सृजना भएर चुनावी प्रक्रिया दोस्रो पटक भाँडिएको हो।

 

 

विद्यार्थीबीचको झडपमा ३ जना विद्यार्थी घाइते भएका छन्।

यो घटनापछि मंगलबार नेविसंघले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएको छ। ‘

 

 

प्रतिक्रिया दिनुहोस्