साथीहरु संग नारायणी नदीमा पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु

५ साउन- चितवन, नारायणी नदीमा पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ ।

 

भरतपुर महानगरपालिका–१६ गणेश मन्दिर नजिकै नारायणी नदीको छेउमा जमेको पानीमा आज ३ः३० बजेको समयमा पौडी खेल्न गएका भरतपुर–१५ सूर्यनगरका १५ वर्षीय किशोर मेक्सन पुन मगरको डुबेर मृत्यु भएको छ ।

 

उनीसहित पाँच जना साथीहरू उनिसंगै पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको वडा प्रहरी कार्यालय नारायणगढको विपद् व्यवस्थापनसहितको टोलीले उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल पुर्‍याएको थियो तर भरतपुर अस्पताल लगेलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

प्रतिक्रिया दिनुहोस्