५ साउन- कैलाली, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका(४ मौरनिया बस्ने ५० वर्षीय रामकृष्ण चौधरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साथै धादिङ, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा निलकण्ठ नगरपालिका(३ बस्ने १९ वर्षीय अमृत जंग मल्ल समेत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्