५ साउन- धरान, मेयर हर्क साम्पाङ्गको परिकल्पनामा स्थापना गरिएको ‘माया धराने बेसार कारखानाबाट शुद्ध र अर्गानिक तरिकाले उत्पादन गरिने ‘माया धराने बेसार’ धरान उपमहानगरपालिका र आसपासका क्षेत्रमा अहिले निकै नै लोकप्रिय बन्दै गएको छ । बिना मिसावट उत्पादनका कारण यसको माग दिनप्रतिदिन बढिरहेको छ ।

हाल बजारमा दैनिक ७ सय किलो बेसार बिक्री भइरहेको छ, जसको मूल्य प्रतिकिलो ८ सय रुपैयाँ पर्छ । अहिले माया धराने बेसारको दैनिक कारोबार ५ लाख ६० हजार रुपैयाँभन्दा बढी पुगेको व्यवसायीहरुले जानकारी दिएका छन।
उत्पादनको माग उच्च भएका कारण ग्राहकहरूले अग्रिम बुकिङ गर्नुपर्ने अवस्था रहेको छ ।
माया धराने बेसारको काठमाडौं, पोखरा, विराटनगर, दमक लगायतका सहरहरूमा मात्रै होइन, विदेशसम्म पनि माग बढेको छ।
प्रतिक्रिया दिनुहोस्