४ साउन- इटहरी, ट्याङ्ग्राखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–३ को एक खोलामा साथीसँग पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको हो ।
डुबेर इटहरी–३ कल्याण चोकका आठ वर्षीय दीपसन चौधरी र सङ्खुवासभा चौनपुर घर भई हाल इटहरी–२ आफन्तकामा बस्ने ११ वर्षीय क्रिवास लिम्बू मृत्यु भएको हो।
खोलामा डुबेका दुवै जनालाई तत्काल उद्धार गरेर उपचारका लागि मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएको केही बेरमै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्