कोठामा लागुऔषध सेवन गर्दै गरेको अवस्थामा २ जना पक्राउ

४ साउन -बझाङ, चैनपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन।

जयपृथ्वी नगरपालिका–१० चैनपुरका सन्दीपन बोहराको कोठाबाट एक सय ग्राम लागुऔषध बरामद गरिएको हो। प्रहरीले २४ वर्षीय सन्दीपन बोहरा र सुर्मा गाउँपालिका–२ का २८ वर्षीय सागर बोहरालाई कोठामा लागुऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो।

 

यस बिषयमा जिल्ला प्रहरी कार्यालय, बझाङले थप अनुसन्धान गर्दै छ।

प्रतिक्रिया दिनुहोस्