पहिरो र लेदोको कारण बाटो अवरुद्ध, कन्टेनर र गाडीको बिजोक

४ साउन- काभ्रेपलाञ्चोक,  अविरल वर्षाका कारण पहिरो र लेदोको कारण शनिबार रातिदेखि अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध छ ।

 

अहिले एक्स्काभेटर, लोडर प्रयोग गरेर पहिरो पन्छाउने कार्य भइरहेको छ ।

सडक अवरुद्ध भएपछि ठूला सवारी र कन्टेनर बाटोमै र‍ोकिएका छन् । सडक अवरुद्ध सँगै जुरेमा बिजुलीको प‍ोल ढलेको छ । मोटरसाइकलहरू जोखिम मोलेर उक्त बाटो पार गरिरहेका छन् ।

तातोपानी नाकाबाट सामग्री ल्याएका र लिन गएका कन्टेनर समेत रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्