४ साउन- कैलाली, ठुलो मात्रामा लागुऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन।
कैलारी गाउँपालिका–१ हसुलियाबाट १७ ग्राम चार सय ६० मिलिग्राम खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ परेका हुन्।
भारतको लखिमपुरको चन्दनचौकीका २३ वर्षीय अन्सु गुप्तालाई प्रहरीले शनिवार पक्राउ गरेको हो।
यस विषयमा जिल्ला प्रहरी कार्यालय, कैलालीले थप अनुसन्धान गर्दै छ।
प्रतिक्रिया दिनुहोस्