२ साउन- काठमाडौं, १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन शनिबार भारतको हरियाणा प्रस्थान गर्दैछ ।
भारतको हरियाणास्थित मोरमाजरामा महिला कबड्डी विश्वकप प्रतियोगिता अगष्ट ३ देखि १० तारिखसम्म हुनेछ । नेपाली टोलीको कप्तानमा मानमति विष्ट छन् भने जयन्ती बडु उपकप्तान छन् ।
अन्य खेलाडीहरूमा मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, श्रृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी रहेका छन् ।
प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा हरिना थापा, व्यवस्थापकमा शरद दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा रहेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेका छन ।
विश्वकपको दोस्रो संस्करण १३ वर्षपछि हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्