२ साउन-रौतहट, गौर नगरपालिका-२ महादेवपट्टी टोलबाट स्रोत नखुलेको नगद ३ लाख रूपैयाँ सहित भारत बिहार सितामढी बैरगनिया नगरपंचायत-१३ बाबालाल दास मठ टोल बस्ने ४३ वर्षीय महेश कुमारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट र अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्