नेपालले श्रीलंकालाई ७-० गोल हानी जित हासिल गर्यो

१ साउन काठमाडौं, बिहीबार भएको साफ महिला यु-२० च्याम्पियनसिपमा नेपालले श्रीलंकाविरुद्ध ७-० को फराकिलो जित निकालेको हो । यो नेपालको तेस्रो जित हो ।

 

 

पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्‍यो । जितसँगै दोस्रो स्थानमा रहेको नेपालले ४ खेलबाट ९ अंक पुर्‍याएको छ । समान खेल खेलेको श्रीलंका अंकविहीन छ ।

 

यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराएको थियो । दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको नेपालले तेस्रो खेलमा श्रीलंकामाथि ७–० को सहज जित निकालेको हो ।

 

नेपालको अब भुटान र बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्