नुहाउने बेला खोलाले बगाएर एक जनाको मृत्यु

१ साउन- जाजरकोट, नुहाउने क्रममा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

 

बुधबार साँझ छेडागाड नगरपालिका-५ स्थित छेडागाड खोलाले बगाएर सोही नगरपालिका-५ वडाबन बस्ने ५० वर्षीय अम्मरबहादुर शाहीको मृत्यु भएको हो ।

उद्धार गरेर उपचारका लागि नगर अस्पताल फुर्किचौर छेडागाड पठाएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्