पहिरोले घर पुर्दा एक महिलाको मृत्यु, श्रीमान भागेर बाँचे

३२ असार- म्याग्दी, बुधबार दिउँसो पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ।

 

अन्नपूर्ण गाउँपालिका–४ गाडपार गाउँमाथिको पाखोबाट खसेको ढुंगामाटो सहितको सुख्खा पहिरोले पुरिएर ७२ वर्षीया सीता फगामीको मृत्यु भएको छ।

 

घरभित्रै बसिरहेकी सीताको घटनास्थलमै मृत्यु भएको हो। प्रहरी र स्थानीयवासीले मृतकको शव पहिरो पन्छाएर निकालेका हुन।

पहिरोले सीताको घरसमेत भत्किएको छ। उनका श्रीमान ७२ वर्षीय टुकबहादुर फगामीले भागेर ज्यान जोगाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्