३२ असार- अफगानिस्तान, दक्षिण अफगानिस्तानको हेलमण्ड प्रान्तमा दुर्घटनामा कम्तीमा ११ जनाको ज्यान गएको छ भने चार जना गम्भीर घाइते भएका छन ।
उक्त दुर्घटना करिज क्षेत्र वाशिर जिल्लामा भएको हो ।
राजमार्गमा यात्रुबाहक बस अर्को सवारीसाधनसँग ठक्कर खाँदा ११ यात्रु घटनास्थलमै मृत्यु भएको र चार जना घाइते भएका हुन ।
सबै घाइतेलाई नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्