चिनियाँ नागरिक दुई करोड बढी मूल्यका सामानसहित पक्राउ

३२ असार- काठमाडौँ, प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाडौँको सिनामंगलबाट उनलाई दुई करोड १९ लाख ७६ हजार ७ सय रुपियाँको सामाग्री सहित चीनको स्यान्डोङ निवासी ३८ वर्षीय यु याङलाई प्रहरीले पक्राउ गरिएको छ ।

 

उनको साथबाट विभिन्न मोडेलको ल्यापटपको ब्याट्री, विभिन्न कम्पनीको ल्यापटपको तयारी अवस्थामा रहेको ब्याट्री, ब्याट्रीका पार्टपुर्जा, ब्याट्रीको करभहरू साथै विभिन्न किसिमका साना ब्याट्री , विभिन्न ब्रान्डका सिसिटिभी क्यामेरा, स्क्रुड्राईभर सेट, चाइनिज फाइबरको ब्लाङकेट, ब्याट्रीमा प्रयोग हुने कभर, वाई फाइ राउटर, स्मार्ट घडी लगायतका सामाग्री बरामद गरिएको छ ।

 

उनलाई थप अनुसन्धान सुरु गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

गोरखापत्र

प्रतिक्रिया दिनुहोस्