पेस्तोल र घरेलु हतियारसहित दुई जना पक्राउ, एक फरार

३२ असार- विराटनगर, पेस्तोल र घरेलु हतियारसहित दुई जना पक्राउ परेका छन् ।

जहदा गाउँपालिका–४ हटिया टोलबाट बुधबार बिहान करिब ६ बजेतिर दिनेश मण्डलको घरबाट पेस्तोल बरामद गरेको छ ।

हतियार लुकाएको आरोपमा जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई प्रहरीले पक्राउ गरेको छ । अर्का आरोपी जहदा–४ का अन्दाजी २० वर्षीय मुकेशकुमार महतो भने फरार रहेका छन् ।

भुस राख्ने छाप्रो घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा पेस्तोल फेला परेको हो ।

‘मेड इन जापान’ लेखिएको १ थान पेस्तोलसँगै एउटा खुकुरी र मोबाइल पनि बरामद भएको छ ।पक्राउ परेका हरिकुमारको साथबाट प्रहरीले नम्बर केरमेट गरिएको एउटा होन्डा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

 

हरिकुमार र आशिष यसअघि पनि मोटरसाइकल चोरीमा पक्राउ परेका थिए । अदालतले तोकेको सजाय भुक्तान गरेर उनिहरु १ महिनाअघि मात्रै छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्