जमेको पानीमा डुबेर एक बालकको मृत्यु

३२ असार- सर्लाही, सडक बनाउन खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

हरिपुर नगरपालिका–१, जानकीनगरका दिनेश यादवको छोरा छ वर्षीय सुशान्त यादवको पानीमा डुबेर मृत्यु भएको हो । मङ्गलबार बिहान १० बजेदेखि बेपत्ता भएका बालकलाई राति ११ बजेतिर सडक निर्माणका लागि जेसिबीले खनेको खाल्डोमा जमेको पानीमा मृत फेला पारिएका छन ।

 

बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मध्यरातमा शव फेला परेकाले बुधबार बिहान घटनास्थलको प्रकृति मुचुल्का गरिएको छ । घटनास्थलमा कुनै प्रकारको समस्या नरहेको बताए।

प्रतिक्रिया दिनुहोस्