घुससहित रंगेहात पक्राउ परे मालपोत कार्यालयका कर्मचारीहरु

३१ असार- भक्तपुर, मालपोत कार्यालयका कर्मचारी अख्तियारले घुससहित रंगेहात पक्राउ गरेको छ।

 

प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको हो।

मोही तल्सिङको मुद्दा मिलाउने भन्दै उनीहरूले सेवाग्रहीबाट साढे २४ लाख घुस लिँदै गरेको पाइएको छ।

 

भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी पूर्जा बनाउने प्रायोजनका लागि उनीहरूले घुस लिएको अख्तियारले बताएको छ।

 

उनीहरूको साथमा रहेको २ थान मोबाइल पनि जफत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्