३१ असार-काठमाडौँ, शिक्षा मन्त्रालयको वेबसाइट ह्याक भएको छ ।
आफूलाई ‘काजु’ भन्ने ह्याकर समूहले १.४ टेराबाइट डेटा शिक्षा मन्त्रालयको वेबसाइट ह्याक गरि डार्क वेबमा बिक्रीका लागि राखेको छ । सोमबार राति डार्क फोरममा पोस्ट गर्दै ह्याकरले मन्त्रालयको डेटाबेस बिक्री गर्ने घोषणा गरेको हो ।
ह्याकरले डेटाको मूल्य दुई हजार देखि १० हजार अमेरिकी डलर तोकेको छ । यो भनेको दुई लाख ७४ हजारदेखि १३ लाख ७२ हजारसम्म हुन आउँछ ।
ह्याकरले डेटा खरिद गर्न चाहनेका लागि टेलिग्राम, सिग्नल र सेसन जस्ता माध्यमबाट सम्पर्क गर्न सकिने उल्लेख गरेको छ । साथै डेटाको नमुना हेर्नका लागि छुट्टै टेलिग्राम च्यानलको लिङ्क समेत उपलब्ध गराइएको छ
-टेकपाना
प्रतिक्रिया दिनुहोस्