बबई नदीमा डुबेर दुई किशोरको मृत्यु

३१ असार- दाङ, बबई नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।

 

तुलसीपुर उपमहानगरपालिका-७ भुमरे बस्ने १७ वर्षीय विधान केसी र सोही उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय कुशल बुढा मगरको मृत्यु भएको हो ।

 

उनिहरु सोमबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । यो खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हापुरे र इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्