पूर्व श्रीमानले आफन्तको घर बस्न गएका एक महिलाको हत्या गरे

३१ असार- प्युठान, आफ्नै पूर्व श्रीमानले आफन्तको घर बस्न गएका एक महिलाको हत्या गरेको छन ।

सरुमारानी गाउँपालिका –३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको पूर्व श्रीमान लिलबहादुर बरालले चक्कु प्रहार गरी हत्या गरेका छन ।

 

हत्या अभियोगमा ऐरावती गाउँपालिका –२ कात्तिकेका ३० वर्षीय लिलबहादुरलाई प्रहरीले घटनास्थलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

 

घटना मंगलबार बिहान १० बजेर १० मिनेटमा भएको थियो। रुक्मणी आफ्नी जेठानी डिला परियारको घरमा बस्न गएकि थिइन । डिलाका अनुसार, लिलबहादुरले रुक्मणीलाई फोन गरी बोलाएका थिए । घरभित्र पुगेपछि उहाँले चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

 

घटनाको जानकारी पाउनेबित्तिकै बड्डाडा प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले लिलबहादुरलाई नियन्त्रणमा लिएको छ ।

हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्