३१ असार- कैलाली, ३ थान पस्तोल र जरायोको सिंहसहित ३ जना पक्राउ परेका छन्।
कैलालीको भजनी नगरपालिका–९ आमबाडी बस्ने ५० वर्षीय दिलिप कार्की, उनका छोरा २२ वर्षीय बिकास कार्की र भजनी नगरपालिका–५ बस्ने ३० वर्षीय सुरेश बिक पक्राउ छन्।
प्रहरी टोलीले दिलिप कार्कीको घरमा खानतलासि गर्दा हातहतियारसहित तीनै जनालाई सोमवार पक्राउ गरेको हो।
उनीहरुको साथबाट एनएफ बबी लेखिएको पेस्तोल १ थान, सोही पेस्तोलको गोलि ११ राउण्ड, म्यागजिन १ थान, नबिकरण नभएको २२ बोर (हर्नेट) १ थान, सोही हर्नेटको गोली २४ राउण्ड, कटुवा पेस्तोल १ थान, भरुवा बन्दुकको काठ १ थान, छर्रा १ डिब्बा, भरुवा बन्दुकको घोडा १ थान, मयुरको प्वाख २ गुच्चा र जरायोको सिंह ३ थान बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्