सुनको मूल्य स्थिर छ भने चाँदीको भाउ घट्यो

३१ असार- काठमाडौं, आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलवार स्थिर रहि छापावाल सुन तोलामा १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ।

 

हिजो सोमवार पनि सुन तोलामा १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै आज चाँदी २२ सय ७५ रुपैयाँमा कारोवार भएको छ । २३ सय १५ रुपैयाँमा कारोवार भएको थियो । चाँदी आज ४० रुपैयाँले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्