३० असार- दाङ, आइतबार दिउँसो प्रहरीले घोराहीबाट बिरामीको फोटो देखाउँदै सहयोग उठाउँदै हिँडेका एक जनालाई पक्राउ गरेको छ।
हेटौंडा उपमहानगरपालिका–१८ का २७ वर्षीय ईश्वर अधिकारी रहेका छन। उनले ललितपुरका ३७ वर्षीय युवराज भोलानका नाममा रकम उठाइरहेका थिए। भोलानको नाममा उनीहरूले ‘युवराज भोलान बचाऊ अभियान समिति’ नै बनाएर रकम उठाउँदै गरेको हुन।
यसमा संलग्न प्रमुख व्यक्ति इटहरीका सुवास विक हुन्। उनी पेसाले युट्युबर हुन्। उनी डेढ महिना पहिले सिभिल अस्पताल काठमाडौं पुगेका थिए। जहाँ उनले भोलानलाई भेटे थिए।
त्यहाँ पुगेर विकले भोलानलाई आर्थिक सहयोग जुटाउने र उपचार सम्भव गराउने आश्वासन बाँडे।
उनै विकले जिल्ला प्रशासन वा अन्य कुनै आधिकारिक निकायबाट अनुमति नलिकन भोलानको नाममा रसिद छपाइ सुरू गरे, आफैले रकम संकलनको काम पनि थाले।
‘एक कदम मानवताको लागि’ भन्ने ‘युवराज भोलन बचाऊ अभियान समिति’ नै गठन गरी मासिक तलब दिने सर्तमा सहयोग उठाउनका लागि कर्मचारी नै नियुक्त उनले गरे।
दाङ र बाँकेमा गरी प्रतिव्यक्ति मासिक १८ हजार तलब दिने गरी १२ जना कर्मचारी नै नियुक्त गरेको खुलेको छ। यो कुरा ईश्वर अधिकारी पक्राउ परेपछि खुलेको छ।
प्रहरी हिरासतमा रहेका अधिकारीले आफूले बाँकेमा ४० हजार रुपैयाँ भोलानका नाममा संकलन गरेको प्रहरी समक्ष बताए।तर त्यो रकम पीडित भोलानले पाएका छैनन्। उनीहरू आफूखुसी रकम संकलन गर्ने र आफूखुसी बाँडफाँट गर्ने गरेको खुलेको छ।
व्यक्ति विषेश परिस्थितिमा सहयोग संकलनका लागि जिल्ला प्रशासनले लिखित अनुमति प्रदान गर्छ। तर पीडितको नाममा रकम संकलन गर्ने र मनपरी बाँडफाँट गर्ने गलत अभ्यास भई रहेको छ ।पीडित आफै बेडबाट उठ्न नसक्ने अवस्था रहेको बुझेपछि एसपी तिमिल्सिनाले जोहरी लिनका लागि बानेश्वरको प्रहरीलाई आग्रह गरेका थिए।
तर सोमबार बेलुकीसम्म कतैबाट पनि जाहेरी नपरेका कारण दाङ प्रहरीले अभद्र व्यवहार शीर्षकमा कारबाही गर्ने गरी ईश्वर अधिकारीलाई हिरासतमा राखेको छ।
भनेर ‘युवराज भोलन बचाऊ अभियान समिति’ नै गठन गरी मासिक तलब दिने सर्तमा मासिक तलब १८ हजार दिने गरी १२ जना कर्मचारी नै नियुक्त गरेको देखिएको छ।
प्रतिक्रिया दिनुहोस्