३० असार- रुकुम पश्चिम, एक युवाको करेन्ट लागेर मृत्यु भएको छ।
विद्युत् लाइन जडान गर्ने क्रममा आठविसकोट नगरपालिका–११ चौरका १९ वर्षीय शिशिर चन्दको आज बिहान घटनास्थलमै मृत्यु भएको छ।
जाजरकोटको नलगाड नगरपालिका–४ घ्वारामा लाइन जडान गर्ने क्रममा करेन्ट लागेर चन्दको मृत्यु भएको हो ।
चन्दको शव पोष्टमार्टनको लागि नलगाड नगर अस्पतालमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस्