संकेतिक तस्वीर
३० असार- बाजुरा, नदीले दाउरा निकाल्नेलाई बगाउँद एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुढीगङ्गा–२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेका छन। प्रहरीका अनुसार बुढीगङ्गा–३ र ६ मा पर्ने बुढीगङ्गा नदीको किनारमा दाउरा निकाल्ने क्रममा नदीले बगाएर उनको मृत्यु भएको हो ।
दाउरा ल्याउन गएका बुढथापा घर नफर्किएपछि खोजी गर्दा करिब एक किलोमिटर तल नदीको किनारमा शव भेटिएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्