३० असार- जुम्ला, नेपाली सेनाले शङ्कास्पद वस्तु (सकेट बम) डिस्पोज गरेको छ ।
नेपाल प्रहरीको टोलीले गस्ती गर्ने क्रममा तातोपानी गाउँपालिका-४ स्थित जैइतपुरमा खुल्ला चौरमा फेला पारेको बम नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको हो ।
उक्त सकेट बम डिस्पोज पछि स्थानीयहरुले सुरक्षित महशुस गरेका छन । सकेट बम कसले र कहिले राखेको भन्ने खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस्