सुन र चाँदीको मूल्य आज पनि बढ्यो

३० असार- काठमाडौं, आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमवार छापावाल सुन तोलामा १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ। सुनको मुल्य आज ४ सयले बढेको छ ।

हिजो आइतवार सुन तोलामा १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै आज चाँदी २३ सय १५ रुपैयाँमा कारोवार भएको छ । आइतवार २२ सय ८५ रुपैयाँमा कारोवार भएको थियो । चाँदी आज ३० रुपैयाँले बढेको छ ।

 

व्यवसायीहरुको असन्तुष्टिका बिच पनि सरकारले सुनमा लगाएको विलाशिता करमै व्यवसायीहरु कारोवार गर्न बाध्य रहेको व्यवसायी भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्