सवारी दुर्घटनामा एक जनाको मृत्यु,एक जना घाइते

२९ असार- भद्रपुर, झापाको दमक नगरपालिका–३ सङ्गम चोकमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

 

डिपु चोकबाट आम्दातर्फ जाँदै गरेको मे१ख २८८४ नम्बरको टिपरले विपरीत दिशातर्फ गइरहेको मे११प ५४५३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । घटना आइतबारको हो ।

दुर्घटनामा स्कुटरको पछाडि सवार ५६ वर्षीया लक्ष्मी गौतमको घटनास्थलमै मृत्यु भएको छ भने स्कुटर चालक ४४ वर्षीया टीका गौतम सामान्य घाइते भएकी छन ।

टिपर चालक विर्तामोड–२ का ४६ वर्षीय तोयानाथ विकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्