मोटरसाइकल दुर्घटनामा एक भारतिय नागरिकको आज मृत्यु

२९ असार- बर्दिया, मोटरसाइकल दुर्घटनामा एक भारतिय नागरिकको आज मृत्यु भएको छ।

भारतको बहराइच ग्राम मिहिपुरवाका ६५ वर्षीय गुरमुख सिंहको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो । उनी बर्दियामा बसेर ट्रयाक्टर मर्मतको काम गर्थे।

सिंहले चलाएको यूपी ४० बिबी १६२९ नम्बरको भारतीय नम्बर प्लेट भएको मोटरसाइकल आइतबार दिउँसो साढे २ बजेतिर अनियन्त्रित भइ सडक किनारको पोलमा ठोक्किएको थियो।

 

दुर्घटनापछि टाउकोमा गम्भीर चोट लगेका सिंहलाई उपचारका लागि बर्दिया अस्पताल पुर्‍याइएकोमा उनलाई दिउँसो ३ बजेतिर चिकित्सकले मृत घोषणा गरेको थिए।

उनको शव पोष्टमर्टमका लागि अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्