२९ असार- काठमाडौँ, आज नेप्से २९ अंकले बढेर २७६०. ८० विन्दुमा कायम भएको छ ।
आज विभिन्न ३११ कम्पनीका कारोबारमा ३ करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ मा किनबेच भएको छ ।
आज एनआइसी एसिया बैंकको सेयर मुल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ ।
साथै खानीखोला हाइड्रोको सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै जीवन विकास लघुवित्तको सेयर मुल्य ९.६१ प्रतिशतले बढेको छ ।
त्यस्तै आज हिमालयन हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ९.९३ प्रतिशतले घटेको छ भने राप्ती हाइड्रोको सेयर मुल्य ७.३४ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्