आइतबार बिहान दम्पती मृत अवस्थामा भेटिए

२९ असार- सुनसरी, इनरुवा नगरपालिका–९ स्थित बबियामा आइतबार बिहान दम्पती मृत अवस्थामा भेटिएका छन् ।

मृत्यु हुनेमा ३५ वर्षीया सुकदेव शर्मा र उनकी पत्नी २३ वर्षीया सवेता खातुन रहेका छन। उनिहरु घरभित्रै मृत भेटिएका हुन् ।

फुसको घरमा सारीको पासो लागाएको अवस्थामा शर्मा र उनकी पत्नी सवेता ओछ्यानमा मृत भेटिएको थिए ।

शर्माको शव अर्धनग्न अवस्थामा भेटिएको थियो । आइतबार बिहान ९ बजेतिर स्थानीले घरभित्र दम्पतीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शर्माले पत्नीको हत्या गरेर आफूले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालेको छ । सवेताको शरीरमा चोटपटक देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्