२९ असार- झापा, झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरेका छन्।
यो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो। ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना हो। विश्व बैंकको सहयोगमा यो सडक नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे छ।
उनले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरु कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको भने, उनले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको समेत टिप्पणी गरेका छन।
प्रतिक्रिया दिनुहोस्