अछामबाट ६ जना जुवाडे पक्राउ परे

२९ असार- अछाम, जुवातास खेलिरहेका ६ जना जुवाडे पक्राउ परेका छन्।

बान्नीगढी जयगढ गाउँपालिका-४ कैलाशखोला स्थित पुरानो घर ९छाना०मा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा ६ जना जुवाडे पक्राउ परेका हुन।

सोही ठाउँ बस्ने बर्ष ४१ को खेमराज शर्मासहित ६ जना सहित नगद १८ हजार ९५ रुपैँया र २ गड्डी ताससहित जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्