२९ असार- काठमाडौं, आज नेपाली बजारमा सुन र चाँदीको मूल्य उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहीलो बार आइतवार छापावाल सुन तोलामा १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ। सुनको मुल्य आज ११ सयले बढेको छ ।
गएको साताको शुक्रवार सुन तोलामा १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज चाँदी २२ सय ८५ रुपैयाँमा कारोवार भएको छ । गतसातको शुक्रवार २२ सय २० रुपैयाँमा कारोवार भएको थियो । चाँदी आज ६५ रुपैयाँले बढेको छ ।
सरकारले सुनमा विलाशिता कर लगाएपछि महासंघलागयतका संघ र नेतृत्वले उधारो सम्झौता गरेको प्रति व्यवसायीहरुले असन्तुष्टी जनाएका छन। निरन्तर आन्दोलन पश्चात सरकार संग वाता गरेका व्यवसायीहरुले पसल खोलेर कारोवार गरिरहेपनि व्यवसायीहरु सरकारसंग भएको सम्झौताले निराश भएका छन ।
केहि समय अगाडी महासंघ लागयतका व्यवसायीहरुको बैठकमा व्यवसायीको आक्रोश देखिएको थियो । उनिहरुले नेतृत्व गरेकाहरुले व्यवसायी र उपभोक्ताको हित बिपरित कार्य गरेको समेत बताएका छन र बैठकमा केहिवेर तनावको स्थिती समेत उत्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्