भारतमा आजपनि भूकम्पको झट्का महसुस

२७ असार- दिल्ली, दिल्ली एनसीआरमा शुक्रबार साँझ पुनः भूकम्पको झट्का महसुस गएको छ।

सञ्चार माध्यमका अनुसार भूकम्पको केन्द्रबिन्दु हरियाणाको झज्जरमा थियो। भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले भूकम्पको तीव्रता ३.७ रेक्टर स्केल मापन गरिएको छ।

 

यसअघि हिजो बिहीबार पनि दिल्लीमा भूकम्पको झट्का अनुभव भएको थियो। हिजो पनि भूकम्पको केन्द्रबिन्दु हरियाणाको झज्जरमा थियो। त्यसबेला भूकम्पको तीव्रता ४.४ रेक्टर स्केल मापन भएको थियो।

प्रतिक्रिया दिनुहोस्