ट्रकको ठक्करबाट एक बालकको मृत्यु

२७ असार- भक्तपुर, ट्रकको ठक्करबाट एक बालककोै मृत्यु भएको छ।

मृत्यु हुनेमा सिराहाको विष्णुपुर गाउँपालिका-४ घर भई भक्तपुर सानोथिमी बस्ने मन कुमार यादवको छोरा ५ वर्षीय आरव यादव रहेका छन ।

उनको शुक्रबार बिहान मृत्यु भएको हो।

 

बा.२ क १२८४ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बालकको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। घटना मध्यपुर थिमी नगरपालिका-२ शिक्षा विभाग नजिक सडकमा भएको थियो ।

 

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्