सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

२७ असार- चितवन, कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

खैरहनी-१३ गवैका ६८ वर्षीय पदमबहादुर राना मगरको बाघले आक्रमण गरेर मृत्यु भएको हो।

बिहान ७ बजे सँगै घाँस काट्न गएका व्यक्तिलाई बाघले आक्रमण गरेपछि प्रत्यक्षदर्शीले खबर गरेको चितवन राष्ट्रिय निकुञ्जलाई खबर गरेका थिए।

निकुञ्जको टोली, प्रहरीले खोजी गर्दा पौने ३ बजेतिर मगर मृत भेटिएका थिए।

प्रतिक्रिया दिनुहोस्