अख्तियारद्धारा १५ करोड बढी बिगो माग्दै राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२७ असार काठमाडौं, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गुरुयोजना तयार नगरी मिलेमतोमा राष्ट्रिय सूचना प्रविधि केन्द्रको हाई कम्प्युट इन्फ्रास्ट्रक्चर खरीद गरेको भन्दै शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मुद्दा पर्नेमा पौडेल, श्रेष्ठसहित केन्द्रका सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, वर्ल्ड डीष्ट्रीव्युसन नेपाल प्रालि र उक्त कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठ रहेका छन ।

१५ करोड ८८ लाख ५० हजार रुपैयाँ अनियमितता भएकोले सोही बराबर बिगो माग गरि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्