आफ्नै बुवाले हाने टेनिस खेलाडी छोरीलाई ५ गोली, छोरीको तेहि मृत्यु

२७ असार- भारत, हरियाणाकी टेनिस खेलाडी राधिका यादवको हत्या अनकै बुवाले गरेका छन, जसबट अहिले भारतीय खेलकुद जगत् स्तब्ध रएको छ।

 

राधिकालाई गुरुग्राम सहरमा बिहीबार गोली हानिएको थियो।

 

प्रहरीका अनुसार उनका बुबाले उनलाई पाँच गोली हानेका थिए, जसमध्ये तीन गोली उनलाई लागेको थियो।

प्रहरीको भनाइ अनुशार ‘राधिका टेनिस एकेडेमी चलाउँथिन्, जसका कारण उनका बुबा रिसाएका थिए।

राधिका यादवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा धेरै उपलब्धि हासिल गरेकी थिइन्। उनी आईटीएफ महिला डबल्समा ११३औँ स्थानमा पुगेकी थिइन् भने हरियाणामा महिला डबल्समा पाँचौँ स्थान हासिल गरेकी थिइन्।

२५ वर्षीया राधिका यादव गुरुग्रामको सुशान्त लोक-फेज २ मा बस्दै आइरहेकि थिइन।

 

प्रहरीले उनका बुबालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्