चोरी तथा डाँका मुद्दामा संलग्न दुई जना पक्राउ परेका छन ।

२७ असार- पोखरा, प्रहरीले चोरी तथा डाँका मुद्दामा संलग्न दुई जनलाई पक्राउ गरेको छ ।

गरी आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ ।

२०८१ चैत २९ गते पोखराको अम्मरसिंह चोकबाट लेखनाथतर्फ जाँदै गरेको बसमा सवार एक महिलाले घाँटीमा लगाएको दुई तोलाको सुनको सिक्री पोखरा महानगरपालिका–१० शिवचोकबाट उनीहरूले लुटपाट गरेका प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न काभ्रेपलाञ्चोक बेथानचोकका अञ्जन तामाङ र काठमाडौं गोकर्णेश्वरका सुरेश तामाङलाई पक्राउ परेका छन ।

उनीहरूलाई काठमाडौंको गोकर्णेश्वर–४ बाट पक्राउ गरी थप कारबाहीका लागि जिल्ला अदलातबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्