२७ असार- पाकिस्तान, बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले पञ्चाबका ९ जना यात्रुहरूलाई बसबाट तानेर हत्या गरेको खबर बाहिर आएको छ । अज्ञात बन्दुकधारी समूहले बलुचिस्तानको राजधानी क्वेटाबाट पञ्जाब जाँदै गरेको बसका यात्रुलाई ओरालेर गोलि हानेको थिए।
९ जना यात्रुको मृत्यु भएको बीबीसी उर्दुले जनाएको छ। मृतकको शव पञ्जाब पठाउने व्यवस्था भइरहेको छ।
यात्रुहरूलाई बसबाट ओरालेर मारिएको घटना अज्ञात बन्दुकधारीहरूले घेरेको क्षेत्रमा भएको थियो।
-एजेन्सी
प्रतिक्रिया दिनुहोस्