बसको ठक्करबाट कञ्चनपुरमा महिलाको मृत्यु

२७ असार- कञ्चनपुर, बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ५५ वर्षीया द्रोपति भट्टको बसको ठक्करबाट मृत्यु भएको छ । बसको ठक्करबाट घाइते भएकी उनको उचारका क्रममा धनगढीस्थित निर्सग अस्पतालमा मृत्यु भएको हो।

 

बेलौरीबाट महेन्द्रनगरतर्फ फर्किदै गरेको सु.प.प्र.००१ ख ९२९ नम्बरको बसले सडक छेउमा हिँडिरहेका भट्टलाई ठक्कर दिएको थियो।

प्रतिक्रिया दिनुहोस्