स्रोत नखुलेको ९ लाख बढी रकम सहित पक्राउ

२६ असार- रौतहट, गौर नगरपालिका-१ बाट स्रोत नखुलेको ९ लाख २८ हजार ५ सय नेपाली रूपैयाँ र २ लाख १५ हजार ५ सय भारतीय रूपैयाँ सहित सर्लाही रामनगर गाउँपालिका-२ बस्ने ३० वर्षीय चंदन पंडितलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भन्सार सुरक्षा गार्ड कार्यालय रौतहट समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०३ जे ९५४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक चंदनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्