२६ असार- कञ्चनपुर, लागूऔषधसहित तिन जना पक्राउ परेका छन्।
कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाह स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको से २ प ८२३८ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने २६ वर्षका कृष्ण राना, मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २७ वर्षीय महेश राना र कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँ बस्ने १८ वर्षीय किशोरी पक्राउ परेका हुन्।
उनीहरुको साथबाट १.९१ ग्राम लागू औषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाईकलसहित तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस्